मेक्सिकोद्धारा अमेरिकाका ठूला बन्दुक उत्पादक कम्पनी विरुद्ध मुद्दा « Image Khabar


मेक्सिकोद्धारा अमेरिकाका ठूला बन्दुक उत्पादक कम्पनी विरुद्ध मुद्दा


Border circle
Imagekhabar

एजेन्सी । मेक्सिकोले अमेरिकाका केही ठूला बन्दुक उत्पादक कम्पनीहरु विरुद्ध १० अर्ब डलर बराबरको मुद्दा हालेको छ ।

अमेरिकाले लापरवाही ढंगले व्यापारिक फाइदाका लागि रक्तपातलाई बढावा दिएको भन्दै मेक्सिकोले क्षतिपूर्तिको मुद्दा हालेको हो ।

अमेरिकाका स्मीथ एण्ड वेसन, बारेट फायरआर्म्स लगायतका कम्पनीविरुद्ध मासाचुसेट्स राज्यको अदालतमा मुद्दा दायर गरिएको हो ।

अमेरिकी हतियार निर्माता कम्पनीहरुले मेक्सिकोका लागुऔषध तस्कर तथा अन्य आपराधिक समूहलाई तस्करीमाफर्त बन्दुक उपलब्ध गराउने गरेको आरोप मेक्सिकोको छ ।

आफ्ना उत्पादनहरु तस्करी भएर आपराधिक समूहसम्म पुगेको जानकारी भएर पनि ती कम्पनीहरुले त्यसलाई रोक्न कुनै प्रयास नगरेको मुद्दामा जिकीर गरिएको छ ।

मेक्सीकोमा हुने हतियार तस्करीको ७० प्रतिशत अमेरिकाबाट हुने गरेको दाबी पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्