
काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित हाम्रो चौतारी रेष्टुरेन्टमा भव्य कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले भिडियो सार्वजनिक गरेका हुन् । कर्यक्रममा भिडियोमा आवद्ध प्राविधिक एवं कलाकारहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।
बेलायतमा छायांकन गरिएको भिडियोमा वरिष्ठ कलाकार मनिष श्रेष्ठ, पहिलो मिसेस युके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय रहेको छ । लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको उक्त गितमा मैथानेकै शब्द श्रृजना रहेको छ भने म्यूजिक र अरेन्ज बिलन थापा मगरले गरेका छन् । नेपालको गुल्मीमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका मैथाने व्यस्थ समयका बावजुत पनि निरन्तर समर्पित छन् ।
‘बैगुनी’ को निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । करिव डेढ दशकदेखि पत्रकारिता सँगसँगै भिडियो निर्देशनमा पाइला चालेका निर्देशक कुशलकै छायांकन र सम्पादन रहेको भिडियोको कलरिङ् नवीन निरौलाले गरेका हुन् ।
बेलायतका रमणीय र प्रसिद्ध स्थानहरुमा छायांकन गरिएको भिडियोमा प्रेम विछोडमा हुने विभिन्न ढङ्गबाट निर्देशक कुशलले गज्जबसँग भिडियोमा देखाएका छन् । भिडियो कलाकार मैथानेकै अफिसियल च्यानल मैथाने इन्टरटेनमेन्ट मार्फत युट्युवबाट रिलिज गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्