काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ।
बैठक बिहीबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएकाे हाे। सचिवालय बैठकले स्थायी कमिटी, पोलिट ब्यूरो सदस्यको टुंगो लगाउनुका साथै विभिन्न विभागलाई पूर्णता दिने, भौगोलिक तथा गैरभौगोलिक कमिटीमा सहइञ्चार्जहरु तोक्ने कार्यसूची रहेकाे छ।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले बैठकमा नेताहरूको कार्यविभाजन प्रस्ताव सचिवालयबाट पारित गरिने र केन्द्रीय कमिटीमा पेश गरिने बताउनुभएकाे हाे । त्यस्तै, केही दिनदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्ने भएकाे छ। बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहने भएकाे हाे।
बैठक बिहीबार मध्याह्न साढे १२ बजेदेखि शुरु हुने एमालेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्