काठमाडौं । अमेरिकाले नेपाललाई ४४ सय अक्सिजन सिलिण्डर सहयाेगस्वरूप दिने भएको छ ।
नेपालस्थित अमेरिकी मिसनमा कार्यरत अमेरिकी इन्डो–प्यासिफिक कमान्ड, रक्षा मन्त्रालय र स्पेसल अपरेसन्स कमान्ड प्यासिफिक अन्तरगतका अधिकारीहरूले नेपालका विभिन्न भागमा ४७ लिटर क्षमताका ४४ सय सिलिण्डर उपलब्ध गराउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपालका विभिन्न भागका अक्सिजन सिलिण्डरको वितरण सुरु भइसकेको र केही हप्तामा नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा सिलिन्डरहरू वितरण हुने दूतावासद्वारा जारी सूचना उल्लेख छ । दूतावसाले महामारीको सुरुवातदेखि नै अक्सिजनको दीर्घकालीन आपूर्ति चुनौती बनेकाले अक्सिजन सिलिण्डर सहयोग गरेको पनि उल्लेख गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउने भन्दै चेतावनी दिइरहेका बेला अमेरिकाले सहयोगको घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्