२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


टोकियो ओलम्पिकः १० स्वर्ण तीन रजतसहित जापानकाे अग्रता


0
Shares

काठमाडौं । टोकियो ओलम्पिकको पदक तालिकामा जापानले आफ्नो अग्रतालाई कायमै राखेको छ । उसले अहिलेसम्म १० स्वर्ण तीन रजत र पाँच कास्यसहित १८ पटक जितेको छ ।

पदक तालिकाको दोस्रो स्थानमा अमेरिका रहेको छ । उसले नौ स्वर्ण, आठ रजत र आठ कास्यका साथ कुल २५ पदक जितेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको चीनले पनि नौ स्वर्ण, पाँच रजत र सात कास्यका साथ कुल २१ पदक जितेको छ । यस्तै रसियन टिमले सात स्वर्ण सात रजत र चार कास्यसहित १८ पटक हात पारेको छ ।

बेलायतले अहिलेसम्म चार स्वर्ण, पाँच रजत र चार कास्य जितेको छ भने दक्षिण कोरीया, अष्ट्रेलियाले तीन तीन स्वर्ण जितेका छन् ।

यस्तै क्यानडा, फ्रान्स जर्मनी, कोसोभोले दुई दुई स्वर्ण हात पारेका छन । पदक तालिकामा अहिलेसम्म ३० देशले स्वर्ण जितेका छन् । यस्तै कुल पदक जित्ने देशको संख्या ५६ पुगेको छ । भारतले पनि एक रजत हात पारेको छ ।