
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको सक्तापक्ष र प्रमुखपक्ष दलmका सांसदबीच आरोप प्रत्यारोप चल्यो । प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदिय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट गठन भएको बताएपछि आरोप प्रत्यारोप चलेको हो ।
बैठकमा प्रधानमन्त्री देउवालाई बधाई र शुभकामना दिने क्रममा धारणा राख्दै नेम्वाङले अदालतबाट संविधानको धारा ७६ (५) को अपव्याख्याा गरिएको बताए । उनले अदालतले संविधानको धारा ७६(५) अनुसार सरकार बन्दा दलीय ह्विप नलाग्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्