ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु « Image Khabar


ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु



चितवन। चितवनमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका १० की २३ वर्षीय सुजना चौधरीको मृत्यु भएको हो ।

साँझ ६ बजेतिर खैरहनि ८ पर्सा चोकस्थित पुर्व पश्चिम राजमार्गम पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ३०२४ को तेल ट्याङ्करले बिपरित दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक रत्ननगर नगरपालिका ३ वस्ने सुबास चौधरी सामान्य घाईते भएका छन् ।

मोटरसाइकल पछाडि सवार चौधरी गम्भीर घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा छन् ।