एमाले फिदिम नगर कमिटीका सदस्यको पानी सर्केर मृत्यु « Image Khabar


एमाले फिदिम नगर कमिटीका सदस्यको पानी सर्केर मृत्यु


Imagekhabar
२ श्रावण २०७८, शनिबार ०९:३५

पाँचथर । पानी पिउँदा सर्किएर शनिबार बिहान एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम ४ निवासी चन्द्र कुमार तुम्बापो रहेका छन् ।

पानी सर्किदा नेपाल कम्युनिष्ट पार्टि एमाले फिदिम नगर कमिटिका सदस्य तुम्बापोको निधन भएको छ । खाना खाने क्रममा पानी पिउँदा सर्किएर तुम्बापो सिकिस्त विरामी परेका थिए ।

उनलाई उपचारार्थ पाँचथर अस्पताल ल्याई पु¥याउदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्