महान्यायाधिवक्ता खातीले लिए सपथ « Image Khabar


महान्यायाधिवक्ता खातीले लिए सपथ


Imagekhabar
१ श्रावण २०७८, शुक्रबार १७:२४

काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनियताको सपथ लिनुभएको छ । सर्वोच्च अदालतमा एक समारोहका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई हिजो महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । राष्ट्रपतिको उपस्थितिमा शपथ गराउनुपर्ने भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले सपथमा उपस्थित हुनुभएन । यसअघि महान्यायाधिवक्ताको सपथग्रहण राष्ट्रपतिको कार्यालयमा हुने गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, संवैधानिक आयोगका पदाधिकारी, राष्ट्र बैंकका संचालकलगायत अधिकांश पदाधिकारीलाई प्रधानन्यायाधीशले सपथ गराउने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्