वीपी प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्री देउवाद्वारा समिति गठन « Image Khabar


वीपी प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्री देउवाद्वारा समिति गठन


रत्न आचार्य
१ श्रावण २०७८, शुक्रबार १४:३०

रत्न आचार्य
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक अनियमितता लगायतका विषयको छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गरिएको छ । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको वर्तमान समस्या समाधानका लागि आठ सदस्यीय उच्चस्तरीय समिति गठन गनुभएको हो ।

वीपी प्रतिष्ठानमा भएको आर्थिक अनियमितता, पदाधिकारीहरूको कामकारबाही र भइरहेको आन्दोलन लगायतका विषयमा छानविन गर्न प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा आठ सदस्य समिति गठन गर्नुभएको हो । समितिको सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयका सहसचिव शंकर नेपाललाई तोकिएको छ ।

छानविन समितिको अन्य सदस्यहरूमा स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव स्थरका एक–एक जना प्रतिनिधि, महालेखा नियन्त्रक कार्यालयका सह–महालेखा नियन्त्रण र वीपी प्रतिष्ठानका का एकजना सिनेट सदस्य रहनेछन् ।

तत्काल छानविन समितिको बैठक बसेर प्रतिष्ठानमा कामहरूको अनुगमन, अनुसन्धान गर्दै १५ दिनभित्र प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने समितिका अध्यक्ष अर्यालले बताउनुभयो । समितिको बैठक काठमाडौंमा बसेर केहि दिनसित्रै समितिका सदस्य धरान आउनेछन् ।

समितिले प्रतिष्ठानमा भएका औषधि उपकरण खरिद, भौतिक संरचना निर्माण, पदाधिकारीहरूको कार्यशैली र कार्यप्रगति र आन्दोलनरत पक्षलाई समेत भेटर वस्तुस्थितिको बारेमा जानकारी लिनेछ । समितिका अध्यक्ष डा. अर्यालले केही दिन भित्रमै प्रतिष्ठान आएर प्रधानमन्त्रीले दिएको जिम्मेवारी पुरा गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्