 
	    एजेन्सी । अफगानिस्तानको बिभिन्न जिल्लामा भएको सैनिक कारबाहीमा ४० जना तालीवानी विद्रोही मारिएका छन् ।
अफगानिस्तानको हेलमन्द प्रान्तमा अफगान वायुसेनाले गरेको हवाई हमलामा १४ जना तालीवानी मारिएका हुन् ।
त्यसैगरी डेलारम जिल्लामा गरिएको हवाई हमलामा २० र टगब जिल्लामा ६ जना बिद्रोही मारिएका हुन् ।
अफगानिस्तानको रक्षा मन्त्रालयलका अनुसार हेलमन्द प्रान्तको दक्षिणी क्षेत्रमा रहेको गार्मसर जिल्ला र डेलाराम जिल्लामा पकड जमाइ बसेका तालीवानीविरुद्ध अफगान सेनाले कारबाही गरेको हो ।
कारवाहीमा तालिवानका डेपुटी कमान्डर पनि मारिएको अफगानिस्तानी सेनाले पुष्टी गरेको छ । घटनामा ३५ जना घाइते भएका छन् ।
हवाई हमलाले तालिवानतर्फ धेरै हातहतियार नष्ट भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भए लगत्तै तालीवानी विद्रोहीले हिंसात्मक गतिििवधि बढाएपछि अफगानिस्तान सेनाले पनि जवाफी कारबाही गरेको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्