दक्षिणी इराककाे कोभिड अस्पतालमा आगलागी हुँदा ४१ जनाको मृत्यु « Image Khabar


दक्षिणी इराककाे कोभिड अस्पतालमा आगलागी हुँदा ४१ जनाको मृत्यु



एजेन्सी । इराकको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ ।

दक्षिणी इराकको नशिरिया शहरस्थित अल हुसेन अस्पतालको कोभिड वार्डमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । सो वार्डमा ६० जना बिरामी रहेको बताइएको छ ।

अन्य घाइतेहरुको उपचार भइरहेको त्यहाँको सरकारले जनाएको छ । मृत्यु हुनेमध्ये स्वास्थ्य कर्मीसमेत रहेको बताइएको छ । इराकमा आगलागीको यो दोस्रो घटना हो ।

अलजजिरा टेलिभिजनले धुवाँको मुस्लो फैलिइएको दृष्यहरु प्रशारण गरेको छ । प्रधानमन्त्री मस्तफा अल कमिधिले सो क्षेत्रमा आपतिकालीन अवस्था घोषणा गरेर घाइतेहरुको उद्धारमा लाग्न निर्देशन दिनुभएको छ ।

अस्पताल परिसरमा बिरामी र मृतकका आफन्तको भीड लागेको छ । यसअघि गत अप्रिलमा भएको घटनामा ८२ जनाको मृत्यु भएको थियो ।

अस्पतालको अक्सिजन भण्डारमा आगलागी भएर सिलण्डिर विस्फोट हुँदा ११० जना घाइते भएका थिए । सो घटना लगत्तै तत्कालीन स्वास्थ्यमन्त्री हसन अल तामिमीले राजीनामा दिनुभएको थियो ।