Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


बिम्स्टेक शिखर सम्मेलन भदौमा


0
Shares

काठमाडौं, जेठ ३१ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले केही साताअघि शिखर सम्मेलनका लागि प्रस्ताव गरेको उक्त मिति सदस्य राष्ट्रले अनुमोदन गरेका हुन् ।

परराष्ट्र मन्त्रालयमा बिहीबार अपराह्न आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने–‘शिखर बैठकका निम्ति नेपालले प्रस्ताव गरेको मितिप्रति सदस्य देशले सहमति जनाएका छन् ।’

सदस्य राष्ट्रका सरकार प्रमुख वा राष्ट्राध्यक्ष शिखर बैठकमा सहभागी हुनेछन् ।

सन् १९९७ मा स्थापना भएको उपक्षेत्रीय संगठन (बिम्स्टेक)मा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, थाइल्यान्ड र श्रीलंका सदस्य छन् । रासस