कैलाली बालक अपडेट : दिदी नाता पर्ने १५ वर्षीया किशोरीले हत्या गरेको प्रहरीको भनाइ • Image Khabar Image Khabar


कैलाली बालक अपडेट : दिदी नाता पर्ने १५ वर्षीया किशोरीले हत्या गरेको प्रहरीको भनाइ


Border circle
Imagekhabar

कैलाली बालक अपडेट : दिदी नाता पर्ने १५ वर्षीया किशोरीले हत्या गरेको प्रहरीको भनाइ

बिराज रोस्यारा
कैलाली । टीकापुरमा मृत भेटिएका साढे तीन वर्षीय बालक विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा विष्टकै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा नाबालकको हत्या उनकै दिदीले गरेको देखिएको छ, दिदी नाता पर्ने किशोरीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छन्,’ उहाँले भन्नुभयो, ‘विवेकले लगाएको बाला ति युवतीको साथीसँग फेला परेकाले उनलाई पनि पक्राउ गरिएको छ ।’

प्रहरीका अनुसार ति युवतीले पारिवारिक रिसिइबीका कारण हत्याको योजना बनाएकी थिइन् । सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधबार जमरा कुलोको किनारमा शव फेला परेको थियाे ।

सम्बन्धित समाचार
कैलालीमा तीन दिनदेखि बेपत्ता बालक मृत फेला
कैलालीका बालक तीन दिनदेखि सम्पर्कविहीन

प्रतिक्रिया दिनुहोस्