६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


इण्डोनेशियामा अक्सिजन अभाव


0
Shares

एजेनसी । कोरोना महामारीको चपेटामा फसेको इण्डोनेशियामा अक्सिजन अभाव हुन थालेको छ ।

कोरोनोको डेल्टा भेरिएन्ट तीब्र गतिमा फेैलिएपछि अस्पतालमा बिरामीहरुको चाप बढेसंगै अक्सिजन अभाव हुन थालेको हो ।

अक्सिजन अभावकै कारण पछिल्लो २४ घण्टामा ६३ जनाको मृत्यु भएको छ । अक्सिजन अभाव हुन थालेपछी सरकारले अक्सिजनको उत्पादन बढाउन निर्देशन दिएको छ ।

इन्डोनेशियामा दैनिक २५ हजारको हाराहारीमा कोरोना संक्रमित थपिने गरेका छन् ।

कोरोना नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनपछि पनि संक्रमितको संख्या दिनानु दिन बढ्दै गएको त्यहाँको सरकारले जनाएको छ ।

इन्डोनेशियामा कोरोनाबाट ६० हजार बढीको मृत्यु भईसकेको छ । यसैबीच इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले देश कोरोना महामारीको थप चपेटामा परेको भन्दै संक्रमितको संख्या दैनिक १० हजारमा नझरेसम्म लकडाउन लम्बिने संकेत गर्नुभएको छ ।

लकडाउन अवधिभर नागरिकलाई बिदेश भ्रमणमा रोक लगाईएको छ भने अत्यावश्क सामग्रीका पसल बाहेक अन्य बजार क्षेत्र पुर्ण रुपमा बन्द गरिएको छ ।

दक्षिण पुर्वी एसियालाी मुलुकहरुमा इन्डोनेसिया सबैभन्दा बढी कोरोनाको मारमा परेको छ ।