तनहुँमा पहिरोमा पुरिएका दुईको जिवितै उद्धार « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


तनहुँमा पहिरोमा पुरिएका दुईको जिवितै उद्धार


0
Shares

काठमाडौं । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पुरिएका दुई जनाको शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ ।

जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन् ।

बिहान अन्दाजी पाँच बजेको समयमा घरमाथिबाट खसेको पहिराले पुरिँदा सरोज रिमाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

घाइते दुवैको लमजुङ अस्पतालमा उपचारको लागि पठाइएको छ ।