
काडमाडौं, असार १५ । ललितपुर जिल्लाका रोटरी क्लबहरुको सञ्जालले सिन्धुपाल्चोकका बाढी पीडितहरुको लागि २७५ थान प्रेसर कुकर सहयोग गरेको छ ।
ललितपुर जिल्लामा अवस्थित १७ वटा रोटरी क्लबहरुको सञ्जालले मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् २७५ थान प्रेसरकुकर सहयोग गरेको हो ।
बाढी पीडितलाई प्रेसर कुकरको आवश्यकता रहेको भन्ने सुचनाका आधारमा आफुहरुले प्रेसर कुकर सहयोग गरेको रोटरीक्लव सञ्जालका संयोजक सुरेश आचार्यले बताउनुभयो ।
आफुहरुले राज्यको निकायलाई सहयोग हस्तान्तरण गरेर विपत्तीमा एकद्धार प्रणालीमार्फत् राहत तथा सहयोग वितरण गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको पनि उहाँले बताउनुभयो ।
सहयोग बुझ्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले राहत वितरणमा एकद्धार प्रणालीमा कसरी जान सकिन्छ भन्ने उदाहरण यो सञ्जाल बनेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्