उपत्यकामा फेरी एक साता निषेधाज्ञा थप्ने तयारी, अहिल्यै सार्वजनिक यातायात नखोल्न विज्ञहरुको सुझाव • Image Khabar Image Khabar


उपत्यकामा फेरी एक साता निषेधाज्ञा थप्ने तयारी, अहिल्यै सार्वजनिक यातायात नखोल्न विज्ञहरुको सुझाव


Border circle
Imagekhabar

उपत्यकामा फेरी एक साता निषेधाज्ञा थप्ने तयारी, अहिल्यै सार्वजनिक यातायात नखोल्न विज्ञहरुको सुझाव

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याइने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको स्रोत बताउँछ ।

स्वास्थ्य मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग समन्वय गरेर निषेधाज्ञा थप गर्नेबारे आज जिर्णय हुने बताइएको छ । उपत्यकामा गत बैशाख १६ गतेदेखि लगाईएको निषेधाज्ञा भोलि रातीदेखि सकिँदै छ ।

अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । निजी सवारी साधन तथा ट्यासीमा जोर–बिजोर प्रणाली लागु गरिएको छ ।

सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ ।

विज्ञहरुले कोरोना संक्रमणको त्रास कायमै रहेकोले सार्वजनिक यातायात खुलाउन हतार नगर्न सुझाव दिएका छन् । उपत्यकामा बजार मात्रै खोल्दा पनि संक्रमणको अवस्था जटिल बन्नसक्ने उनीहरुको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्