भरतपुर अस्पतालमा दुई भवन निर्माण हुँदै, महंगोमा उपचार गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास • Image Khabar Image Khabar


भरतपुर अस्पतालमा दुई भवन निर्माण हुँदै, महंगोमा उपचार गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास


Border circle
Imagekhabar

भरतपुर अस्पतालमा दुई भवन निर्माण हुँदै, महंगोमा उपचार गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास

चितवन । केन्द्र मातहतको भरतपुर सरकारी अस्पतालमा अत्याधुनिक इमरजेन्सी सेवा र सरुवा रोग अस्पतालका लागि भवन निर्माण कार्य भइरहेको छ ।

२०२० सालमा निर्माण गरिएको १० वेडको मात्रै इमरजेन्सी भवन हुँदा अस्पतालको सेवाबाट धेरै बिरामी विमुख हुनु परेकाले भवन निर्माणलाई तीव्रता दिइएको बताइएको छ । ५० वेडको अध्याधुनिक इमरजेन्सीे सेवाका लागि भवन निर्माण भइरहेको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।

सरुवा रोग अस्पतालको भवन पनि निर्माण भइरहेको डा. अधिकारीको भनाइ छ । दुई भवन निर्माणपछि निजी अस्पतालमा महङ्गोमा उपचार गराउनुपर्ने बाध्यता अन्त्य हुने उहाँको विश्वास छ । भरतपुर सरकारी अस्पतालमा करिव २२ जिल्लाबाट आएका बिरामीले सेवा लिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्