४ असार २०८२, बुधबार | Wed Jun 18 2025


सिंहदरबार घेराउ गर्न आएका इन्जिनियरहरू पक्राउ


0
Shares

काठमाडौं, असार ११ । सिंहदरबार घेराउ गर्न पुगेका राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा आबद्ध इन्जिनियरहरु सिंहदरबार घेराउ गर्न पुगेकामा हनुमानस्थान, माइतीघर र शहरी विकाश तथा भवन निर्माण विभाग अगाडिबाट पक्राउ परेका हुन् ।

सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै इन्जिनियरहरु आन्दोलित हुदै आएका छन् ।

२०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भुकम्प र त्यसपश्चातको पराकम्पले देश र देशवासी संकटमा परेका बेला सरकारको आह्वानमा प्राधिकरण अन्तर्गत रही नेपालको पुननिर्माणलाई अगाडी बढाएको इन्जिनियरहरुको दावि छ ।

देश र जनताका हितका लागि इन्जिनियरिङ जनशक्तिको सिप र दक्षता खेर जान नदिन एवं विदेशिन बाध्य नपार्न आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन् ।

भुकम्प पछिको पुनर्निमाणको काम बाँकि रहेका बेला आफुहरुलाई हटाएर बेरोजगार बनाउन खोजेको उनीहरुको आरोप छ ।