फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई सरकारी भाषा बनाउने « Image Khabar


फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई सरकारी भाषा बनाउने


Imagekhabar
११ असार २०७८, शुक्रबार १०:३५

इलाम । इलामसंग सीमा जोडिएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई आफ्नो गाउँपालिकामा सरकारी कामकाजको भाषा बनाउने भएको छ ।

गाउँपालिकाले आफ्नो २०७८÷७९ को नीति कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने घोषण गरेको हो ।

पालिका भित्र सबै भन्दा धेरै लिम्बूसमुदायको बसोवास रहेको र लिम्बू जातिहरुको ऐतिहासिक ठाउँ साथै महागुरु फाल्गुनन्दको कर्मभुमि र समाधिस्थल समेत फाल्गुनन्द गाउँपालिकामा रहेको हुदाँ लिम्बू भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइन लागेको गाउँपालिकाका अध्यक्ष बिरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्