अमेरिकामा आवासीय भवन भत्कियो, १ को मृत्यु, ९९ जना सम्पर्कविहिन « Image Khabar


अमेरिकामा आवासीय भवन भत्कियो, १ को मृत्यु, ९९ जना सम्पर्कविहिन


Imagekhabar
११ असार २०७८, शुक्रबार ०६:५८

एजेन्सी । अमेरिकाकाको फ्लोरिडा राज्यको मायामी शहरमा एउटा आवासिय भवन भत्किँदा कम्तिमा १ जनाको मृत्यु भएको छ ।

१२ तले उक्त भवनको आधा भाग ध्वस्त भएको छ । त्यहाँ दर्जनौ घाइते भएका छन् ।

लगभग १०२ घरपरिवार बस्दै आएको भएपनि भवन भत्केको समयमा कति जना थिए भन्ने खुलेको छैन् ।

त्यहाँका मेयर डेनियल लेभिन कावाले ९९ जना सम्पर्क विहिन रहेको बताउनुभयो ।

सन् १९८० मा निर्माण गरिएको त्यो भवनमा २३० वटा फ्ल्याट रहेको थिए । भवन कसरी भत्कियो भन्नेबारे छानविन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्