पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माण पारदर्शी बनाउन पर्यटनमन्त्रीको निर्देशन « Image Khabar


पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माण पारदर्शी बनाउन पर्यटनमन्त्रीको निर्देशन


Border circle
Imagekhabar

काठमाडौं, असार ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिनुभएको छ ।

आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिल्यान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुनः निर्माणका कामहरुलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिनुभएको हो ।

उहाँले आफु पनि नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै उद्देश्य रहेको बताउँदै कुनैपनि समय आफु आएर हेर्नसक्ने बताउनुभयो ।

मन्दिर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन लागिएको भन्दै साधु, सन्तले विरोध जनाइरहेको सन्दर्भमा उहाँले पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले पशुपति क्षेत्रलाई तपोभुमिको रुपमा विकास गर्ने ध्येय रहेको बताउनुभयो ।

उहाँले पशुपति क्षेत्र ज्ञान र विज्ञानको सम्बन्धमा बहस गर्ने थलोको रुपमा विकास हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

पशुपति क्षेत्र विकास कोषले दाताहरुको सहयोगमा पशुपति क्षेत्रभित्र राममन्दिर को निर्माण गर्न लागेको सदस्य सचिव ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्