 
	    पोखरा, असार ३ । अविरल वर्षाका कारण मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रा.लिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको आयोजनाले जनाएको छ ।
कास्कीको मादी गाउँपालिका–१ स्थित मदक्यू खोलामा १३ मेगावाट क्षमताको आयोजनामा असार १ गते आएको बाढीले १४ किलोमिटर ट्रान्समिसन लाइन लगायतका अन्य संरचनामा क्षति पुग्दा विद्युत उत्पादन बन्द भएको छ ।
बाढीले आयोजनाको ‘स्विचयार्ड’ बगाएको र बाँधमा व्यापक क्षति पुगेको सञ्चालक किरण केसीले जानकारी दिनुभयो ।
आयोजनाको इलेक्ट्रिक मेकानिकल सिभिल संरचना, विद्युत प्रशारण लाइनलगायतमा क्षति हुँदा ३० करोड बढीको क्षति भएको उहाँको दावी छ ।
त्यस्तै आयोजनाको पावर हाउसमाथिबाट अझैपनि पहिरो खसिरहेकाले पावर उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।
आयोजनालाई पहिलाकै अवस्थामा ल्याउनका लागि करिव वर्ष दिनसम्म लाग्न सक्ने बताइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्