Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग


0
Shares

काठमाडौं । कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गर्नुभएको छ ।

प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य रखालले प्रधानमन्त्री ओलीको जीवन रक्षा हुनुपर्ने धारणा राख्नुभएको हो ।

“मान्छे मार्छु भन्ने सर्वसाधारणलाई ज्यान मार्ने कसुरमा मुद्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के कानून छ र ?” प्रश्न गर्दै उहाँले भन्नुभयो, “त्यसैले म भन्न चाहन्छु, सांसदले रोष्टमबाट मान्छे मार्ने अभिव्यक्ति दिएपछि उनलाई कारवाही हुन्छ कि हुँदैन ?त्यसैले यस्ता हिंस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।”

उहाँले प्रधानमन्त्री ओलीको जीवन रक्षाका लागि पनि त्यस्तो अभिव्यक्ति दिने सांसदलाई हिरासतमा राखी कारवाही माग गर्नुभयो ।