शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार • Image Khabar Image Khabar


शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार


Imagekhabar
२८ जेष्ठ २०७८, शुक्रबार २१:०१

शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं, जेठ २८ । शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद्श सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जनाएको छ ।

ललितपुरको किष्ट मेडिकल कलेजले जानकारी दिएको छ ।

उहाँको छातीमा समस्या देखिएपछि गत बुधबार किष्ट अस्पतालमा भर्ना गरेको हो ।

उहाँलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको हो ।

कलेजका निर्देशक सुरज बज्राचार्यका अनुसार उहाँको अवस्था सामान्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्