यस वर्षको मनसुन नेपाल भित्रियो, एक/दुई दिनमा देशभर फैलने, सतर्कता अपनाउन आग्रह • Image Khabar Image Khabar


यस वर्षको मनसुन नेपाल भित्रियो, एक/दुई दिनमा देशभर फैलने, सतर्कता अपनाउन आग्रह


Imagekhabar
२८ जेष्ठ २०७८, शुक्रबार १७:३५

यस वर्षको मनसुन नेपाल भित्रियो, एक/दुई दिनमा देशभर फैलने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, जेठ २८ । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । सामान्यतया नेपालमा १० जुनमा मनसुन भित्रिने गरे पनि यस वर्ष एक दिन ढिला गरी भित्रिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको छ ।

पूर्वी ठाउँबाट भित्रिएको मनसुन अबको एक/दुई दिनमा नै देशैभरि फैलने जनाइएको छ ।

मनसुन भित्रिएकाले आउँदो हप्ता देशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा ठूलो वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन पनि भनिएको छ ।

यस वर्षको मनसुन नेपाल भित्रियो, एक/दुई दिनमा देशभर फैलने, सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया दिनुहोस्