सत्यमोहन जोशी अस्पताल भर्ना • Image Khabar Image Khabar


सत्यमोहन जोशी अस्पताल भर्ना


Imagekhabar
२८ जेष्ठ २०७८, शुक्रबार १४:२६

सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौं, जेठ २८ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।

छातीको संक्रमण, स्वासप्रश्वासमा समस्या, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि उहाँलाई हाल ललितपुरको किस्ट अस्पतालमा भर्ना गरिएको छ ।

उहाँको छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको अस्पतालद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

जोशीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

अहिले स्वासप्रश्वासको स्थिति र मुटुको चाल स्थिर रहेको र अरु केही दिन अस्पतालमै राखी उपचार जारी राखिने जनाइएको छ ।

छाती रोग विशेषज्ञ प्रा. डा. मीलेशजंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको संयुक्त टोलीले उहाँको उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्