दक्षिण कोरियामा भवन भत्किँदा नौको मृत्यु • Image Khabar Image Khabar


दक्षिण कोरियामा भवन भत्किँदा नौको मृत्यु


Imagekhabar
२७ जेष्ठ २०७८, बिहीबार ०७:४२

दक्षिण कोरियामा भवन भत्किँदा नौको मृत्यु

एजेन्सी । दक्षिण कोरियामा भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ ।

दक्षिणी शहर ग्वांगजूमा रहेको पाँच तले भवन भत्किँदा आठ जना घाइते भएको बीबीसीले जनाएको छ ।

भग्नावशेषमा अन्य केही हराइरहेको त्यहाँको सरकारले जनाएको छ । भवन भत्किनुको कारण भने नखुलेको अधिकारीहरुले जनाएका छन् ।

भवन नजिकै काम गरिरहेका मजुदर भने सकुसल रहेको बताइएको छ । सो भवन नजिकै पैदल यात्रा गरिरहेका केही सर्वसाधारण हराएको हुन सक्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन् ।

सन् १९९५ मा दक्षिण कोरियाको सियोलमा एक डिपार्टमेन्ट स्टोर क्षतिग्रस्त हुँदा कम्तिमा पाँच सय जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्