सामाजिक सञ्जालमा अनधिकृत भिडियो पोष्ट गरे कारबाही हुने • Image Khabar Image Khabar


सामाजिक सञ्जालमा अनधिकृत भिडियो पोष्ट गरे कारबाही हुने


Imagekhabar
२४ जेष्ठ २०७८, सोमबार १९:२६

सामाजिक सञ्जालमा अनधिकृत भिडियो पोष्ट गरे कारबाही हुने

काठमाडौं, जेठ २४ । प्रहरीले सामाजिक सञ्जाल दुरुपयोग गरेर विभिन्न व्यक्तिहरुको भिडियो बनाउने भिडियो पोष्ट गर्ने लगायतका गैरकानुनी कार्यहरु गर्नेलाइ कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

सोमबार नेपाल प्रहरीको साइबर व्यूरोले एक विज्ञिप्ति जारी गर्दै सार्वजनिक नैतिकता र शिष्टचार विरुद्ध कार्य गर्ने जो कोहीलाई कारवाही गरिने जनाएको हो ।

व्यूरोका प्रमुख एसएसपी नविन्द अर्यालले कतिपय सूचनाको निरन्तर अनुसन्धान भैरहेको र कतिपय सूचनालाई कारवाहीको दायरामा ल्याएको जनाउँदै यस्तो अश्लिल र गैरकानूनी कार्य बन्द गर्न सार्वजनिक रुपमै आह्वान गर्नुभएको छ ।

उहाँले समाजिक सञ्जालमार्फ कसैको चरित्र हत्या गर्ने र अनाधिकृत रुपमा भिडियो बनाएर दुरुपयोग गर्नेहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनेसमेत चेतावनी दिंदै यस्ता गैरकानुनी कार्य गर्नेलाई विद्युतीय कारोवार ऐन २०६३ बमोजिम कारवाही गर्ने चेतावनी समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्