Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


विषालु सब्जी खाँदा एकको मृत्यु


0
Shares

पाचँथर । पहिचान नभएको तरकारी खाँदा पाँचथरमा एकजनाको मृत्यु भएको छ ।

सिकिस्त विरामी भएका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–४ का लक्ष्मी नेम्बाङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

गत हप्ता एकै परिवारका घरमुली नेम्बाङसहित सात जनाले विषालु तरकारी खाँदा बेहोस हुने, बर्बराउने र वाकवाकी लाग्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरीएको थियो ।

परिवारका अन्य छ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Skip This