अवरुद्ध पृथ्वी राजमार्ग पाँच घण्टापछि एकतर्फी सुचारु « Imagekhabar – Online News Portal of Nepal
१७ माघ २०७९, मंगलवार | Wed Feb 1 2023


अवरुद्ध पृथ्वी राजमार्ग पाँच घण्टापछि एकतर्फी सुचारु


0
Shares

तनहुँ । अवरुद्ध पृथ्वी राजमार्ग पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । शनिबार पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको कमलबारीमा भारतीय ग्यास बुलेट र ट्रक ठोक्किदा राजमार्ग अवरुद्ध भएको थियो ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको भारतीय बुलेट ग्यास ट्रकले ग १ ख ७१०७ नम्वरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुवै सवारी सडकमा पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।

राजमार्ग सुचारु गर्न क्रेन र डोजर परिचालन गरी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

राजमार्गनै छेकिने गरी ग्यास बुलेट पल्टिएपछि लामो तथा छोटा दुरीका सवारीसाधन झण्डै पाँच घण्टा अघिदेखि राजमार्गमा रोकिएका थिए । लामो समयसम्म राजमार्ग अवरुद्ध हुँदा विशेषगरी एम्बुलेन्समा आएका बिरामी मर्कामा परेका थिए ।

यो पनि पढ्नुहोस्
ग्यास बुलेट र ट्रक ठोक्किएर सडकमै पल्टिँदा राजमार्ग अवरुद्ध