Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


डाक्टर गोविन्द केसी पुगे डडेल्धुरा, अनशनको तयारी


0
Shares

डडेल्धुरा, कात्तिक १८ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी डडेल्धुरा पुगेका छन् । सरकारले आफुसँग गरेका माग पूरा नगरेको भन्दै १७ औँ अनशन बस्न डा. केसी डडेल्धुरा पुगेका हुन् ।

डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले डा. केसी डडेल्धुरा आएको बताए । डा. केसीले कहाँ अनशन थाल्ने भन्ने निश्चित भैसकेको भने छैन ।

डा. केसीले चिकित्सा क्षेत्रको सुधारका लागि यसअघि १६ पटक अनशन बसिसकेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्यमा देशका सबै क्षेत्रका नागरिकको समान पहँच हुनुपर्ने भन्दै उनले आवाज उठाउँदै आएका छन् ।

२०७५ साउन १० गते सरकारले डा. केसीको १५औँ अनशन तोडाउँदा डोटी–डडेल्धुरामा मेडिकल कलेजको सम्भावना अध्ययन गर्ने सहमति गरे पनि अहिलेसम्म कुनै काम नभएकाले अनशन बस्न डा. केसी डडेल्धुरा नै पुगेका हुन् ।