Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


चिकित्सक र नर्समाथि अक्रमण गर्नेलाई कानुनी कारवाही गर्न प्रचण्डद्वारा माग


0
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भिर ध्यानाकर्षण तथा खेद प्रकट भएको बताउनु भएको छ ।

प्रचण्डले फेसबुकमा स्टाटस राख्दै घटनाप्रति खेद प्रकट भएको बताउनु भएको हो । उहाँले घटनाको छानबिन गरि आक्रमणमा संलग्नलाई कानुनी कारवाही गर्न माग समत गर्नु भएको छ ।

उहाँ लेख्नुहुन्छ ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ ।’

Skip This