मतदाता प्रभावित पार्ने गरी बजेट नल्याउन पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले गराए सरकारको ध्यानाकर्षण • Image Khabar Image Khabar


मतदाता प्रभावित पार्ने गरी बजेट नल्याउन पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले गराए सरकारको ध्यानाकर्षण


Imagekhabar
१३ जेष्ठ २०७८, बिहीबार १०:५७

election commission NCP UML kp oli prachanda

काठमाडौं, जेठ १३ । मतदातालाई प्रभाव पार्ने खालको कार्यक्रम बजेटमा नराख्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले सरकारसँग आग्रह गरेका छन् ।

पूर्व निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरूङले विज्ञप्ति निकाल्दै सरकारसँग यस्तो आग्रह गर्नुभएको हो ।

२०७८ साल कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा त्यसमा समेटिने कार्यक्रमले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित नबनाउने गरी ल्याउनु पर्नेमा उहाँहरुको जोड छ ।

सरकारलाई गराइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘निर्वाचनको लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं ।’

निर्वाचन आयोगलाई पनि आफ्नो भूमिका निर्वाह गर्न आह्वान गर्दै विज्ञप्तिमा भनिएको छ ‘यस विषयमा आफ्नो संवैधानिक दायित्वको ख्याल गरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमा नै सजग गराउनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

यस्तो छ, पूर्वप्रमुख आयुक्तहरुको वक्तव्यः

मतदाता प्रभावित पार्ने गरी बजेट नल्याउन पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले गराए सरकारको ध्यानाकर्षण
प्रतिक्रिया दिनुहोस्