१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कांग्रेसका तर्फबाट उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला समेतको सहमतिमा ३ वटा प्रदेशसभा सीट र एउटा प्रतिनिधिसभा सीटका लागि उम्मेदवार चयन गर्ने जिम्मेवारी सुम्पेको हो ।

धरान उपमहानगरपालिकामा भने तिलक राईलाई उम्मेदवार बनाउने तल्लो तहको सिफारिससलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

केन्द्रीय समिति बैठकमा कतिपय नेताहरुले संसदीय समिति बनाएर मात्र निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने बताएका थिए ।

सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुले पनि पूर्व पदाधिकारीलाई पनि उम्मेदवार चयन समितिमा राख्नुपर्ने धारणा राखेका थिए ।

गत निर्वाचनमा संसदीय बोर्ड बनाएर उम्मेदवार चयन नगर्दा पार्टीले हार ब्यहोर्नु परेको भन्दै नेतृत्वको आलोचना समेत भएको थियो ।