Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


गणेश नेपालीको न्यायका लागि माइतीघरमा प्रदर्शन


0
Shares

काठमाडौं ।

राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै उनको गृहजिल्ला मुगुवासीले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीले बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका थिए । उनको न्यायका लागि भन्दै मुगुवासीले अहिले साँझ माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले हातहातमा विभिन्न नाराजडित पप्लेट बोकेर प्रदर्शन गर्दा केहीले नाराबाजी समेत गरिरहेका छन् ।

प्रदर्शनमा मुगुबाट निर्वाचित नेपाली कांग्रेसका सांसद खडकबहादुर शाही पनि सहभागी छन् ।