प्रधानमन्त्री ओलीले ‘निवासबाटै नियमित काम गर्ने’ • Image Khabar Image Khabar


प्रधानमन्त्री ओलीले ‘निवासबाटै नियमित काम गर्ने’


Imagekhabar
१५ कार्तिक २०७६, शुक्रबार १२:०१

प्रधानमन्त्री ओलीले ‘निवासबाटै नियमित काम गर्ने’

काठमाडौं, कात्तिक १५ । बिहीबार राति अस्पतालबाट ‘डिस्चार्ज’ भएका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन प्रधानमन्त्री निवास बालुवाटारबाट नियमित काम गर्ने भएका छन् ।

बुधबार र बिहीबार गरी दुईपटक ‘हेमोडायलासिस’ गराएका प्रधानमन्त्री ओली अब सार्वजनिक कार्यक्रममासमेत कम जाने बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले उनको स्वास्थ्य अवस्था ठीक भएको र अब दौडधुपको कार्यक्रम कम गराउँदै लैजाने जानकारी दिए ।

प्रधानमन्त्रीले बालुवाटारबाट नै नियमित कामहरु अघि बढाउनेसमेत डा. अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्