
काठमाडौं, कात्तिक १४ । प्रमुख राजनीतिक दलहरुले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदमा हुने उपनिर्वाचनकाक्रममा आचारसंहिता पालनाबारे निर्वाचन आयोगले बिहीबार गरेको छलफलमा सहभागी विभिन्न १७ राजनीतिक दलका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
आयोगले आचारसंहिता पालनाको विषयमा सरकार र राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको थियो ।
छलफलमा सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी थिए ।
प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा ७६ दल र स्थानीय तहको उपनिर्वाचनमा ७८ दलले सहभागिता जनाउने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्