२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘कांग्रेसले युवाहरुलाई लिएर अघि बढ्छ’


0
Shares

नवलपुर, कात्तिक १४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको महाधिवेशनमा युवाहरुलाई प्राथमिकता दिइने बताएका छन् ।

प्रेस युनियन नवलपुरले बिहीबार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले युवाहरुको बढी आवश्यकता भएकाले कांग्रेसले युवाहरुलाई लिएर अघि बढ्ने बताए ।

नेता कोइरालाले कांग्रेसलाई कोइराला परिवारले हुर्काएपनि पार्टी केवल कोइराला परिवारको मात्र नभएको भन्दै महाधिवेशनमा जोपनि सभापतिको उम्मेदवारकोरुपमा आउनेसक्ने स्पस्ट पारे ।