कोसेली लिएर संक्रमितको घर पुग्छन शिवराजका जनप्रतिनिधि र स्वास्थ्यकर्मी « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


कोसेली लिएर संक्रमितको घर पुग्छन शिवराजका जनप्रतिनिधि र स्वास्थ्यकर्मी


0
Shares

कपिलवस्तु । कोरोनाले देश आक्रान्त भएको बेला स्थानीय सरकार आफ्ना नागरिकको रक्षाको लागि फरक फरक अभ्यासमा जुटेका छन् ।

नागरिकप्रती बफादार भई कपिलवस्तुका केही स्थानीय तहका जनप्रतिनीधि सक्रियताकासाथ जुटेका छन् । केहीले भने आफ्नो कर्मचारीहरुलाई प्रयोग गरेर संकटको सामाना गरिहेका छन् ।

कपिलवस्तुका १० स्थानीय तहमा अलग अलग अभ्यास भएका छन् । तर शिवराज नगरपालिकाको अभ्यास हेर्ने हो भने संक्रमितको मनोबल उच्च राख्न मद्दत गर्ने खालको छ ।

घर देखि अस्पताल सम्मको सेवा पुर्याउँदै शिवराज नगरपालिका महामारीको सामना गरिरहेको छ ।

संक्रमित भएको थाहा भए पछि शिवराजका जनप्रतिनिधी र स्वास्थ्यकर्मी संक्रमितको घरै पुग्छन । जनप्रतीनिधी र स्वास्थ्यकर्मीले अन्य स्थानीयको त्रास हटाउदै स्वास्थ्य मापदण्ड प्रयोग गदै संक्रमित सँग कुराकानी गर्छन । स्वास्थ्य अवस्था बुझे पछि उनीहरुले परामर्श समेत दिन्छन ।

होम आइसोलेसन राख्नेकी थप उपचारका लागि अस्पताल पठाउने सल्लाह समेत दिन्छन र संक्रमितलाइ स्वास्थ्य सामाग्रीको कोसेली समेत दिन्छन ।

उनीहरु यसै गरी सबै संक्रमितको घर दैलोमा पुग्छन र भलाकुसारी गर्दै मनोबल उच्च बनाउने काम गर्छन ।

यहाका स्थानीयमा कोरोना संक्रमितको घरमा जानहुन्न भन्ने भ्रम छ तर शिवराज नगरपालिका ३ का वडाध्यक्ष टेकलाल सापकोटा र स्वास्थ्य चौकी इन्चार्ज जित बहादुर विसी भने घर मै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिन्छन ।

यहा मात्र होइन वडा नम्बर ५ का वडा अध्यक्ष जगत बहादुर जिसी र स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलको दैनिकी पनी यसरी नै वितेको छ ।

वडामा अहिले सम्म ५९ जना संक्रमित रहेको र ४८ जना होम आइसुलेसन,१ जना चितवन मेडिकल कलेजमा भर्ना भएका छन ।

पालिका भित्र अहिले डवल भेरीयन्टको कोरोना संक्रमण फैलिन सुरु भएको छ ।

संक्रमण फैलिन नदीन चेक जाँचको दायरा समेत बढाइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराइ बताउनु हुन्छ ।

लक्षण देखिएका र अक्सिजन लेभल कम भएका संक्रमितको उपचारका लागि नगरपालिकाले आधारभुत अस्पतालको व्यवस्था गरेको छ ।

त्यहा १५ शैयाको चिकित्सक सहितको कोभिड बेड बनाइएको छ । एक्सरे, ल्याव सेवा संक्रमितलाइ निशुल्क प्रदान गरीएको अस्पतालका डाक्टर महेश गुप्ता बताउँनुहुन्छ ।

साथै एन्टिजेन मार्फत कोरोना परीक्षणको दायरालाई व्यापक बनाइएको छ ।