१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


सुन तस्करीमा अझै आएन कमी, तस्करीको नयाँ शैली (भिडियो)


0
Shares

दीपक घिमिरे/सहदीप केसी (इमेज)

काठमाडौं, साउन ११ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बारम्बार हुने सुन तस्करी रोक्न सरकारले छानबिन समिति बनायो ।

समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउँदैछ । तर, न त तस्करी रोकिएको छ, न त साढे ३३ किलो सुनकाबारेमा केही पत्तो नै लाग्न सकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा अझै कमी आउन सकेको छैन ।

विमानस्थल प्रहरीले दिएको तथ्यांकअनुसार गत असार २१ देखि साउन ९ गतेसम्म पाँचपटकमा झन्डै १२ किलो सुन तस्करहरुबाट बरामद भएको छ ।

बरामद सुन नेपाली बजार मूल्यअनुसार ५ करोड ७५ लाख ८५ हजार ५९० रुपैयाँ बराबरको रहेको छ ।

तस्करहरु कसैले सुन मलद्वारमा र कसैले जिब्रोमुनि लुकाइ ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

केहीले भने सुटकेसको पांग्रा, गहना, बेल्टको वकल, घडीका कभर, सिक्का र चाबीसमेत बनाइ नयाँ शैलीमा तस्करीको योजना बनाएका थिए ।

बहुचर्चित साढे ३३ किलो सुन तस्कारीकान्डको पर्दाफास भएपछि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करी गर्ने काममा नेपालीहरुको संलग्नता न्यून भेटिएपनि विदेशी तस्करहरु भने सल्बलाइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले विमानस्थलको सुरक्षामा निकै कडाइ गर्दै आएको दाबी गरेपनि तस्करीमा भने कमी आएको देखिँदैन ।

भिडियो हेर्नुहोस्