जिल्ला अस्पताल अहेबको भरमा, दरबन्दी छ, चिकित्सक छैनन् • Image Khabar Image Khabar


जिल्ला अस्पताल अहेबको भरमा, दरबन्दी छ, चिकित्सक छैनन्


Imagekhabar
१२ कार्तिक २०७६, मंगलवार ०७:५७

जिल्ला अस्पताल अहेबको भरमा, दरबन्दी छ, चिकित्सक छैनन्

डडेल्धुरा । विशेषज्ञसहितको विशिष्ट अस्पताल भनिएको डडेल्धुरा अस्पताल अहेबको भरमा सञ्चालन भइरहेको छ ।

उपक्षेत्रीय अस्पतालबाट स्तरवृद्धि भइ संघीय सरकार मातहत राखेर रिफरल अस्पतालको रुपमा विकास गरिने प्रस्ताव भएपनि दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पताल अहेवको भरमा सञ्चालन भइरहेको हो ।

अस्पतालमा कार्यरत डा. जीवन खरेल समायोजन भइ मेडिकल कलेज भरतपुर चितवन गएको र निमित्त मेडिकल सुपरिटेन्डन डा. जितेन्द्र कँडेल सुत्केरी स्याहार बिदामा गएपछि डडेल्धुरा अस्पताल अहेवको भरमा पुगेको हो ।

सात वर्ष अघिसम्म सञ्चालनमा रहेको टीम अस्पताल खारेज गरेर जिल्ला अस्पताल डडेल्धुरालाई गाभेर बनाइएको उप–क्षेत्रीय अस्पताल घोषणा भएदेखि नै अस्पतालमा चिकित्सकको अभाव हुन थालेको हो ।

चिकित्सक र दक्ष जनशक्ति नहुँदा डडेल्धुरालगायत सुदूरपश्चिमका सात जिल्लाका बिरामी उपचारका लागि अन्यत्र जान बाध्य छन् ।

२०७५ फागुनमा सरकारले देशका ५ अत्याधुनिक अस्पतालभित्र डडेल्धुरा अस्पताललाई पनि पारेको थियो ।

अस्पतालमा ४२ विशेषज्ञ चिकित्सक, दुई सयभन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी छ तर अहिले अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सक छैनन् । 

प्रतिक्रिया दिनुहोस्