२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


महाकाली अस्पतालले सिकलसेल एनिमिया रोगका बिरामीहरुको उपचार गर्ने


0
Shares

कञ्चनपुर । थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोगका बिरामीहरुका लागि महाकाली अञ्चल अस्पतालले उपचार सेवा सुरु गर्ने भएको छ ।

उपकरण खरिदका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेपछि अस्पतालले सिकलसेलको उपचार सुरु गर्ने भएको हो ।

यसअघि, कञ्चनपुरका दुई सय ७० जना सिकलसेल एनिमियाका विरामीले कैलालीको सेती अस्पतालमा उपचार गराउँदै आएका थिए ।

उपकरणको अभावमा सिकलसेलका विरामीहरुले सास्ती भोग्नु परेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले उपकरण खरिदका लागि गतवर्ष ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

यस्तै, अस्पतालको व्यवस्थापनका लागि चालुआर्थिक वर्षमा ५० लाख रकम छुट्याएको छ ।

यता, दसैँ अगाडि नै उपकरण खरिद गरि जडान गरेपनि दक्ष जनशक्तिको अभावले संचालनमा ल्याउन नसकिएको अस्पातल प्रशासनले जनाएको छ ।

१७ जना विशेषज्ञ डाक्टर सहित २८ जनाको दरबन्दी रहेको महाकाली अस्पताल हाल २ जना डाक्टरको भरमा संचालनमा रहेको छ ।