 
	    काठमाडौं । लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा ऐतिहासिक जित निकाल्दै २४ वर्ष पुरानो कीर्तिमानसँग बराबरी गरेको छ ।
गएराति भएको खेलमा लेस्टरले १० खेलाडीमा समेटिएको साउथह्याम्पटनलाई ९ – ० गोलको फराकिलो अन्तरले पराजित गर्दै कीर्तिमान बराबरी गरेको हो ।
प्रिमियर लिगमा पछिल्लो २४ वर्षपछि पहिलोपटक ९–० को जित निस्किएको हो । यसअघि सन् १९९५ मा म्यानचेस्टर युनाइटेडले इपस्वीचविरुद्ध ९–० को जित निकालेको थियो ।
साउथह्याम्पटनको मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भर्डी र आयोजे परेजले ह्याट्रिक गरे । यस्तै बेन चिलवेल, युरी टेलिमान्स र जेम्स म्याडिसनले एक एक गोल गरे ।
खेलको १२ औं मिनेटमै रायन बेरट्राण्डले रातो कार्ड पाउँदा घरेलु टिम पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।
यो जितसँगै लेस्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ । १० खेलबाट लेस्टरले २० अंक जोडेको छ । १८ औं स्थानको साउथह्याम्पटनको ८ अंक रहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्