Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


वडाध्यक्षसहितको टोलीले बाँझो जग्गामा व्यवसायिक आलु खेती गर्ने


0
Shares

डडेल्धुरा । डडेल्धुरामा तीन दशकदेखि बाँझो रहेको जग्गामा व्यवसायिक आलु खेती गरिने भएको छ ।

गन्यापधुरा गाउँपालिका–१ रुवाखोला लकतडामा ३० वर्षदेखि बाँझो रहेको करिब दुईसय रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिई स्थानीय जनप्रतिनिधि एवं युवाहरुको सामूहिक पहलमा व्यवसायिक आलुखेती गर्ने कार्य संचालन भएको हो ।

गन्यापधुरा गाउँपालिका–१ का वडाध्यक्ष चेतराम भट्टसहितको सहभागितामा स्थानीय युवाहरुले भागेश्वर कृषि तथा पशुपालन फार्म मार्फत बाँझो जग्गालाई हाते ट्रेक्टरबाट खनजोत गरेर मौसमी आलु खेतीको लागि तयारी गरिएको कृषक प्रसाद अवस्थीले जानकारी दिए ।

गुणस्तरीय आलु उत्पादन र नमूना क्षेत्र बनाउन तरकारी वाली तथा कृषि पूर्वाधारमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि सहयोग गरिरहेको छ ।