
काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।
भोलीका लागि बोलाएको केन्द्रीय समिति बैठकमा छलफल हुने एजेण्डाका बारेमा साझा धारणा बनाउन बैंठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्ने बैंठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका बारेमा पनि छलफल हुने छ ।
आजको औपचारिक छलफलपछि पार्टीबाट निर्वाचन लड्ने उमेदवारका बिषयमा भोली बस्ने केन्द्रीय समितिको बैंठकले आवश्यक निर्णय गर्नेछ ।
उनले नेपाल बिद्यार्थी संघ र नेपाल तरुण दललगायतका भातृसंगठनलाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताए ।
भोली बस्ने केन्द्रीय समिति बैठकपछि नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति आउन सक्ने उनको भनाई थियो ।
समसामयिक राजनीतिक विषय वस्तु, संवैधानिक परिषद्, सत्य निरुपण तथा मेलमिलाप आयोग, उपनिर्वाचनको तयारीलगायतका विषयमा हिजो पनि नेपाली काँग्रेसको पदाधिकारी बैंठकमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्