पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ८० करोड पाँच लाखको बजेट पारित • Image Khabar Image Khabar


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ८० करोड पाँच लाखको बजेट पारित


Imagekhabar
५ कार्तिक २०७६, मंगलवार १७:०६

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ८० करोड पाँच लाखको बजेट पारित

काठमाडौं, कात्तिक ५ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो बैठकले ८० करोड पाँच लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गत वर्षभन्दा १६ करोड बढी रकमसहितको बजेट पारित गरेको हो ।

जसमा १२ करोड रुपैयाँको उपकरण खरिद गर्नेगरी बजेट पारित गरिएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा प्रतिष्ठानका १३ एजेन्डाहरुसमेत प्रस्तुत गरिएको थियो ।

२०७२ सालमा पश्चिमाअञ्चल क्षेत्रीय अस्पताल विकास समिति खारेज भइ प्रतिष्ठान स्थापना गरिएको थियो ।

प्रतिष्ठानले ३५ करोड लागतमा २०० शय्याको प्रसूति तथा बालरोग अस्पताल निर्माण सुरु गरेको छ । बैठकले अस्पताल निर्माण सम्पन्न गर्न ६ महिनाको समय थप गरेको छ ।

नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानले यही वर्षदेखि ‘पोस्ट ग्र्याजुएसन’को कक्षापनि सन्चालन गराउन १७ सिटको अनुमति दिएको बैठकमा जानकारी दिइयो । जसमा एनेस्थेसिया, मेडिसिन, प्रसूति, बालरोग, शल्यक्रिया र हाड्जोर्नीसम्बन्धी विषयहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्