लालनाले लिभरपुललाई हारबाट जोगाए, म्यानचेस्टर युनाइटेडसँग बराबरी • Image Khabar Image Khabar


लालनाले लिभरपुललाई हारबाट जोगाए, म्यानचेस्टर युनाइटेडसँग बराबरी


Imagekhabar
४ कार्तिक २०७६, सोमबार ०७:३४

लालनाले लिभरपुललाई हारबाट जोगाए, म्यानचेस्टर युनाइटेडसँग बराबरी

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेको छ ।

म्यान्चेस्टर युनाइटेडको मैदानमा गएराति भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको ३६ औं मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाए ।

तर, खेलको ८५ औं मिनेटमा सब्सटीच्युट खेलाडी एडम लालनाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

खेल बराबरीमा रोकिएपनि लिभरपुलले अंक तालिकाको अग्रता भने कायमै राखेको छ ।

लिभरपुलले ९ खेलबाट २५ अंक जोडेको छ । जारी लिगमा अघिल्ला ८ खेल जितेको लिभरपुलको यो पहिलो बराबरी हो ।

समान खेलबाट १९ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटी र चौथो स्थानको चेल्सीको समान १७ अंक रहेको छ ।

१५ अंकसहित पाँचौ स्थानमा रहेको आर्सनलले आज राति सेफिल्ड युनाईटेडसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्