२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चितवन मेडिकल कलेजमा तोडफोड, ४० सेल अश्रुग्यास प्रहार


0
Shares

चितवन, कात्तिक ३ । बिरामीको मृत्यु भएको विषयलाई लिएर आइतबार चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा तोडफोड भएको छ ।

नाकको ‘अप्रेसन’का लागि अस्पताल आएकी नवलपुरको मध्यविन्दु नगरपालिका–९ की ३२ वर्षीया आशा ज्ञवालीको उपचारकाक्रममा मृत्यु भएको विषयलाई लिएर उनका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।

ज्ञवालीको स्वास्थ्य अवस्था गएको असोज २७ गते नाकको अप्रेसनपश्चात् बिग्रेको थियो ।

अस्पताल र चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

ती महिलाको शनिबार मृत्यु भएको थियो ।

आइतबार भीडलाई नियन्त्रणमा लिन प्रहरीले ४० सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

झडपमा परी प्रहरी निरीक्षक दयाकृष्ण भट्टसहित सातजना प्रहरी घाइते भएका छन् ।

एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।